Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अनैकोटमा दोस्रो बृहत साँस्कृतिक ल्होछार कार्यक्रम हुँदै

Sunday, February 2, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा मिडिया क्लब नेपाल, काभ्रे । २८५६ औं जिवा ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ, वडा ल्होछार मुल समारोह समितिको आयोजनामा माघ २४ गते काभ्रेको अनैकोटमा दोस्रो बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पूर्व ऊर्जा मन्त्री लालध्वज तामाङ, भाषा तथा संस्कृति विद काजिमान थिङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति हुने आयोजकले बताएको छ । कार्यक्रममा विशाल काल्तान, अमिर दोङ, कुङसाङ रुम्बा, विशाल थिङ, सुनिता लुङ्बा, सुष्मा मोक्तान, वीर तामाङ, आसमान वाइबा, सरला भ्लोन, सुन्दरी दोङ, पासाङ दोङ लगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुति हुने आयोजकले बताएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य तामाङ जातिको धर्म, संस्कृति, भेषभुषा तथा कलाको संरक्षण र प्रवद्र्धन गर्नु हो । साथै अनैकोटलाई पर्यटकीय क्षेत्रमा विकास गर्न पहल पनि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजकले बताएको छ ।