Sunday 29th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

हाइल्याण्डलाई रोटा एबिसिडिको तेस्रो सिजनको उपाधी

Saturday, February 1, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा संजिना र हाइल्याण्डलाई रोटा एबिसिडिको तेस्रो सिजनको उपाधी
रोटा एबिसिडिको तेस्रो सिजन सम्पन्न भएको छ ।

प्रतियोगितामा एकल नृत्य तर्फ संजिना तामाङ विजेता बनेका थिए भने क्रमशः सिर्जना श्रेष्ठ, सुखी प्रधान र सुन्दरी तामाङले क्रमशः द्धितीय, तृतीय र सान्त्वना पदक प्राप्त गरेका थिए । त्यस्तै समूहगत नृत्य प्रतियोगितामा हाइल्याण्ड बोर्डिङ स्कूल प्रथम, काभ्रे मा।वि। पनौती दोस्रो र नवरत्न बोर्डिङ स्कूल तेस्रो हुन सफल भएका थिए ।

प्रतियोगिताका विजयी समूह तथा नृत्यकारलाई नगद पुस्कार क्रमशः १० हजार, ७ हजार, ५ हजार, २ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णयकको भूमिका कलाकार, नृत्य निर्देशक, निर्देशक अमरकृष्ण चन्द, नारायण हेंगजु, रोनी श्रेष्ठले निभाएका थिए ।

नृत्य प्रतियोगितासँगै रोट्रयाक्ट क्लव अफ पनौती सामाजिक कार्यमा समेत सक्रिय रहेको छ । भिजिट नेपाल २०२० र रोट्रयाक्ट छात्रवृत्तिका लागि भन्दै प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनिषा श्रेष्ठले जानकारी दिइन् । संस्थाले ३ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएकोमा यसपालीबाट थप एकजनालाई छात्रवृत्ति प्रदान गरिने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी गराएकी थिइन् ।

कार्यक्रममा बनेपा हेल्थ केयरको तर्फबाट हेल्थ केयरका निर्देशक जीवन थापाले छात्रवृत्तिलाई सहयोग स्वरुप रु १ लाख रोटरी क्लव अफ पनौतीका अध्यक्ष सितु सैंजुलाई हस्तान्तरण गरिएको थियो । पनौतीमा रोट्रयाक्ट क्लव अफ पनौतीको आयोजनामा ‘रोटा एबिसिडी २०७६ सिजन ३’ नृत्य प्रतियोगिता सम्पन्न भएको हो । अघिल्लो दुई सिजन सफलता पूर्वक ‘रोटा एबिसिडी’ नृत्य प्रतियोगिता सम्पन्न गरिसकेको रोट्रयाक्ट क्लव अफ पनौतीले यसपाली सिजन ३ सफलतापूर्वक सम्पन्न गरेको हो ।

राजधानी काठमाण्डौ तथा काभ्रे जिल्ला र जिल्ला आसपासबाट सहभागी नृत्यका प्रतियोगीहरुलाई खुल्ला समूहगत र एकल गरी दुई इभेन्टमा नृत्यमा प्रतिष्पर्धा गराइएको थियो । कार्यक्रम रोट्रयाक्ट क्लव अफ पनौतीका अध्यक्ष निरुपा कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।