काभ्रेपलान्चोक – बनेपा आज भोलि गित संगीत निरन्तर बजारमा आउने क्रम जारी छ । दिन प्रती दिन गायक गायिका सर्जकले गित बजारमा सार्वजनिक गरेका छन । गित बजारमा ल्याउनु ठुलो कुरा होइन ल्याएका र बजारमा सार्वजनिक गरेका गित कत्तिको चलेका छ्न भने कुरा चाहिँ विशेष हो यस्तै चर्चित गायक देब श्रेष्ठ र रोशनी थिङको प्रस्तुतिमा बाध्य भए पराइको हुनलाई बोलको गित आज बाट बजारमा सार्वजनिक गरिएको छ ।
पछिल्लो समयमा निकै चर्चा कमाउन सफल र सबै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक देभ श्रेष्ठ र गायिका पार्वती कार्कीको आवाजमा गित बजारमा आएको छ ।
बाध्य भए पराइको हुनलाई बोलको गितमा लय तथा शब्द सुनिल बिसिको रहेकोे छ भने गितको भिडियो निर्देशन गायक दिनेश श्रेष्ठले गर्नु भएको छ । विभिन्न रमणिय ठाउँमा गितको छायांकन भने अनिल जिसिले गर्नु भएको छ ।
गितमा अभिनय भने पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेका सञ्चारकर्मी अरबिन्द्र गौतम , रुपा रिजाल , दिनेश श्रेष्ठ र निर्जला तामाङको प्रस्तुतिको साथमा गित बजारमा सार्वजनिक गरिएको छ ।
बाध्य भए पराइको हुन लाई बोलको गितमा भिडियो तर्फको लाइटमा दिपेश सर्पाली र श्रृगार भने देबकी भण्डारीले गर्नु भएको छ यसैगरी गितको सम्पादन भने देबकी गुरुङले गर्नु भएको छ ।
गित बजारमा ल्याउनको लागि रोशनी थिङको विशेष भुमिका रहेको छ ।