Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए

Friday, January 17, 2020 National Power

काठमाडौं – साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि काठमाडौं उपत्यका नजिकै दुई क्षेत्र थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सूर्यचौर – शिवपुरी – नुवाकोट क्षेत्रमा एक प्याराग्लाइडिङ जोन थपिएको छ । प्राधिकरणका अनुसार यहाँ नेपाल प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ उडाउने गरी अनुमति लिएको हो ।

यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म उडान गर्न सक्ने गरी उक्त कम्पनीले अनुमति पाएको हो । यता मकवानपुरको टिस्टुङमा समेत प्याराग्लाइडिङ जोन स्थापना गरिएको छ । प्राधिकरणका अनुसार यहाँ टिस्टुङ प्याराग्लाइडिङ प्रालिले यो खेल सञ्चालन गर्ने भएको छ ।

टिस्टुङ उडेको प्याराग्लाइडिङले भने अधिकतम् ५ हजार फिटसम्म मात्र उचाई लिन सक्ने भएको छ । प्राधिकरणका अनुसार यी क्षेत्र तोकिएको ‘प्याराग्लाइडिङ जोन’ उपयोग भने २७ फेब्रुअरीबाट मात्र गर्न पाइने भएको छ ।