Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रदेश १ को नाम के राख्‍ने मा मुख्यमन्त्री राई अलमलमा

Monday, January 13, 2020 National Power

काठमाण्डौ – १ घण्टा अघि पुस २८, २०७६ काठमाडौं  नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो। अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन बाँकी छ। प्रदेश ४ ले गण्डकी, प्रदेश ६ ले कर्णाली, प्रदेश ७ ले सुदुरपश्चिम प्रदेश नाम जुराइसकेका छन्।


प्रदेश १ ले पनि नाम जुराउन नेकपा केन्द्रकै निर्णय कुरेर बसेको नेताहरु बताउँछन्। प्रदेश(१ को राजधानी भने विराटनगरलाई नै बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित भइसकेको छ। २०७४ साल भित्र प्रदेशको नाम र राजधानी टुंग्याउने बताएको प्रदेश सरकारले अझै कुनै निर्णय गर्न सकेको छैन। प्रदेशको राजधानी विराटनगर हुने भन्‍ने प्रस्ताव पारित भएपनि धनकुटा हुनुपर्छ भन्नेहरुले लामोसमय आन्दोलन पनि चर्काए। अहिले उत्त आन्दोलन भने सेलाएको छ। प्रदेशको नाम जुराउने विषयमा जातिय पहिचानसहितको हुनुपर्ने सांसदहरुको अडानले सहमति जुट्न सकेको छैन।

कोसीको पक्षमा ओली, प्रचण्ड कोसी(किरात प्रदेश १ को चर्चामा रहेको नाम हो कोसी र कोसी(किराँत। यी दुईमध्ये के नाम राख्‍ने भन्‍ने विषयमा मुख्यमन्त्री शेरधन राई पनि अलमलमा परेका छन्। ‘प्रदेश १ को राजधानी टुंगिएकै छ,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो,‘यहाँको नाम जुराउन त्यति सजिलो छैन। पार्टी ९नेकपा० का दुई अध्यक्षले सहमति नगरेसम्म के नाम राख्‍ने भन्‍ने पक्का हुँदैन।’

मुख्यमन्त्री शेरधन राई सचिवालय स्रोतका अनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम कोसी राख्न निर्देशन दिएका छन्। त्यस्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कोसी-किरात राख्न मुख्यमन्त्री राईलाई दबाब दिएका छन्। ‘प्रधानमन्त्री ओली र प्रचण्डका आ-आफ्नै अडान छन्,’ स्रोतले भन्यो, ‘एउटा अध्यक्षलाई कोसी नाम नराखी नहुने, अर्कोलाई कोसी किरात नराखी नहुन भएपछि अब उहाँहरुले जे निर्णय गरेर सिफारिस गर्नुहुन्छ त्यै नाम हुन्छ।’ मुख्यमन्त्री शेरधन राई भने यही हिउँदे अधिवेशनमा प्रदेशको नाम टुंग्याउने पक्षमा छन्।

प्रदेश १ मा कोसी – किरातको पक्षमा नेकपाका सांसदहरुको बहुमत छ। त्यसमा कांग्रेसले पनि अन्त्यमा प्रदेश ३ को नाम बागमती राख्‍न समर्थन जनाए जसरी नै समर्थन जनाउने नेताहरु बताउँछन्।