Sunday 29th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

‘ज्योति फिल्मस म्युजिक एवार्ड’ को फारम भर्न मात्र दुई दिन बाँकी

Monday, January 13, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा ज्योति फिल्मस् प्रोडक्सनले आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ ।

विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग सम्बद्ध ६० विधामा फारम भर्न पाउने र उत्कृष्ट हुनेलाई सम्मान दिन जानकारी गराउनु भएको छ ।

स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिनुभयो । आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ ।

सम्मान कार्यक्रममा केही सञ्चारकर्मी लाई सम्मानसमेत गरिने बताइएको छ ।