Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बौद्धमा गोली चल्यो

Sunday, January 12, 2020 National Power

काठमाडौं – काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले  बताए ।


‘विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो ।’ हाल उनलाई वीर हस्पिटल पठाइएको सिंहले बताए ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।