Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

भोलिबाट मौसम सुधारिए पनि सोमबारबाट पुनः वर्षा हुनसक्ने

Thursday, January 9, 2020 National Power

काठमाडौं – केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको छ । यही कारण सुदूरपश्चिमको मौसममा सुधार आइसकेको र भोलिबाट देशका मध्य र पूर्वको मौसम पनि सुधारिने मौसमविद् पौडेलले बताए । ‘पश्चिम वायुले ल्याएको न्यूनचापीय वायुका कारणले केही दिनदेखि बदली र वर्षा भइरहे पनि यो प्रणाली बाहिरिने क्रम सुरु भएकाले भोलिबाट मौसम सुधारिन्छ’, मौसमविद् पौडेलले  भने ।

शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट फेरि वर्षा हुनसक्ने सम्भावना महाशाखाले औंल्याएको छ । सोमबारबाट न्यूनचापीय प्रणाली फेरि सक्रिय हुने र त्यसले पानी पार्ने मौसमविदको भनाइ छ । हिउँदयाममा औसतमा ५–६ वटासम्म मौसम प्रणाली आउँछन् । यस वर्ष अन्य वर्षको तुलनामा केही छिटो गरी मौसम प्रणाली भित्रिएका छन् । मौसमविद्का अनुसार, अब भित्रिने मौसम प्रणाली यो हिउँदयामको पाँचौं हो ।

यस वर्षको हिउँदमा पाँचौंपटटक भित्रिएको प्रणालीले कति दिन वर्षा हुन्छ भनेर यकिन गर्न भने नसकिने मौसमविद् पौडेलले बताए । ‘सोमबारबाट पुनः भित्रिने नयाँ मौसमी प्रणालीले पानी पार्ने देखिन्छ । तर, यसको प्रभाव कतिदिनसम्म रहन्छ भनेर अहिले नै यकिन गर्न सकिन्न’, मौसमविद् पौडेलले भने ।