Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सञ्चारमन्त्रीको स्पष्टोक्ति:म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन

Thursday, January 2, 2020 National Power

धनगढी – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले भने, ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन । बरु नेताहरु कार्यकर्ता सिध्याउन हिँड्छन् त्यसरी कहिलेकाहीँ ।’उनले प्रदेशस्तरबाट मिडियाले पाउने सेवा पाउने गरी कानुन बनाइरहेको पनि उनले जानकारी दिए । ‘लोक कल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी, धर्ना जे-जे गर्नुपर्छ त्यही गर्नेगरी सात प्रदेशमा एकीकृत कार्यालय बनाउनुपर्छ भन्ने सोचेर ५० लाखको दरले सातै प्रदेशलाई बजेट उपलब्ध गराएका छौं,’ मन्त्री बास्कोटाले भने ।

सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै उनले यसले मिडियालाई नै फाइदा हुने दाबी गरे । ‘होडिङ बोर्ड नराख्दा प्रचारको लागि उसले कि प्रिन्ट, कि इलेक्ट्रोनिक डिजिटल मिडियाको प्रयोग गर्छ । यसले के घाटा भयो त रु सारा पैसा तपाईंकोमा आउँदैछ,’ उनले भने ।

पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने उनले बताए । तर अहिले त्यस्तो नभएको भन्दै उनले भने, ‘भन्यो भने बढ्ता हुन्छ, तर कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ । तरबारभन्दा शक्तिशाली त कलम नै छ । उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ ।’ सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो भन्ने आरोपमा उनले व्यंग्य गरे । ‘स्वतन्त्रता कुन्ठित भयो भन्नेचाहिँ आफैं कुन्ठित भएको अभिव्यक्ति मात्रै हो,’ उनले भने, ‘कुन्ठाग्रस्त मनस्थितिको कुन्ठित अभिव्यक्ति मात्रै हो ।’