१३ , पुस / काभ्रेपलान्चोक – बनेपा गायक तथा सर्जक राम शरण आले मगरको पहिलो निर्देनशनमा रहेको मेरो हरेक सासमा बास छ तिम्रो बोलको गित बजारमा आएको छ ।
लोक गित गाउने र लेख्ने क्रममा मगरले आधुनिक गितलाई भने निर्देशन गर्नु भएको छ । गितलाई मिलन फिल्म प्रालि ले सर्बत्र बजारमा सार्वजनिक गरेको छ ।
लोक तथा दोहोरी गितमा अभिनय गर्दै आउनु भएको मोडल राज तामाङ र प्रिती तामाङ्ले भने अहिले आधुनिक गितमा पनि अभिनय गर्ने थाल्नु भएको छ । गितको शब्द भने मनिस लोप्चनले लेख्नु भएको छ भने स्वर पनि मनिस लोप्चनको नै रहेको छ।
गितलाई म्युजिक भने टिका बम्जन ले गर्नु भएको छ। यस गितलाई निर्देशन गर्ने मगरले अब अन्य गितहरुमा पनि आफैले निर्देशन गरि बजारमा ल्याउने जानकारी दिनु भयो ।