काठमाण्डौ – गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.ले च्छोरोल्पा अनलाईन टेलिभिजनको पौष ४ गते राधानीको प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमका विचमा अनवारण गरिएको छ । महिला,वालवालिका तथा जेष्ठनागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा प्रदेश नम्बर ३का प्रदेश सभा सदस्य विशाल खड्का, दोलखा जिल्ला नेपाली काग्रेसका सभापति रुद्र खड्का, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल लगायतका विभिन्न महानुुभावहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा कानुनविद् राजेन्द्र शर्मा, पशुपती क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतीवडा, शैलुङ वडा नम्बर ८का अध्यक्ष रामेश्वर उप्रेती, पुर्व रक्षासचिव देवेन्द्र सिटौला, वरिष्ठ कलाकर्मी मदनदास श्रेष्ठ, गायक अमृत खाती, समाजसेवी सोमा खत्री, गायक राजनराज शिवकोटी लगायत सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई उक्त समारोहमा सम्मानित समेत भएका थिए । विभिन्न सामाजिक घटनाहरुलाई अनलाईन टेलिभिजनमार्फत उजागर गर्ने उदेश्यले सञ्चालनमा ल्याईएको अनलाईन टेलिभिजनले समाजलाई सशक्त रुपमा अगाडी बढाउनेमा विश्वस्त रहेको प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुले मन्तव्यका क्रममा बताएका थिए ।
गीतकार एवं कलाकार प्रविण थपलियाले संचालनमा ल्याएको अनलाईन टेलिजिनको उद्घाटनको अवसरमा दोलखाली स्रष्टाहरुलाई सम्मानीत गरिएको हो । कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई चलचित्र निर्देशक माधव राज खरेलले संचालन गरेका थिए भने कलाकार सुष्मा सिंहको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।