Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं विमानस्थलमा उडान प्रभावित, आन्तरिक टर्मिनल यात्रुले खचाखच

Saturday, December 21, 2019 National Power

काठमाडौं –  बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ । समयमा उड्न नपाएपछि यात्रुहरुको निराश देखिन्छन् । बिहान केही समय भएको माउन्टेन फ्लाइट पनि फेरि बन्द गरिएको थियो ।

उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिभराउ छ । उनीहरुलाई शौचालय जानसमेत लाइन लागेर पालो पर्खिनु पर्ने बाध्यता छ । मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका क्षेत्रमा हुस्सु र शितलहरको अवस्था छ । दिउँसोबाट भने हुस्सु कुहिरो हट्दै जाने मौसमविदले बताएका छन् ।

आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आउने पूर्वानुमान छ । त्यसैले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सबैलाई सुझाव दिएका छन् ।