Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायिका सेन्चुरी आवाजमा नयाँ गित माझी दाई सार्वजानिक

Friday, December 20, 2019 National Power

काठमाण्डौ – नेपाली कलाकारिता क्षेत्रमा पक्कै पनि नयाँ नाम हैन गायक नेत्र भन्डारी र गायिका गिता सेन्चुरी । हरेक प्रकारका गितहरु गाउने क्षमता भएका गायक भन्डारी र मिठो स्वरकी धनी गायिका सेन्चुरी आवाजमा नयाँ गित माझी दाई रिजन नेपाल यू टुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ।

स्याउ लेइदिउ कि केरा,डार्लिङ्ग आइ लभ ,नियती,अमिलो अम्चुर लगायत दर्जनौ सफल गितमा आफ्नो आवाज भरिसकेका गायक भन्डारी र मुलको पानीले, बाटुली,सिरेटो,त भनेर छोड्यो मायाले,नया नयामा लगायत दर्जनौ गितमा आफ्नो आवज भरिसकेकी गायिका सेन्चुरीको आवाजमा सजिएको माझी दाई को म्युजिक भिडियो सार्बजानिक भएको हो।उक्त गितमा लय ध्रुबराज धितालको रहेको छ भने शव्द प्रदीप अधिकारीको रहेको त्यसै गरी इन्डियन रियालीटी शो का सफल डान्सर भिजु पार्की र बुगी बुगी रियालिटी शो कि बिजेता कबिता नेपालीको जादुमय नृत्य र अभिनयमा रहेको गितमा निर्देशन बिक्रम चौहानको रहेको छ।अर्जुन तिवारीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादनको जिम्मा मिलन बि कले लिएका छन्।अहिलेको बजार सुहाउदो गित निर्माण भएकोले सफलता प्राप्त गर्ने आशा सम्पुर्ण गितमा आबद्द निर्माण समुहले राखेका छन।