Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

धनुषामा दुई मोटरसाइकल र ट्रक ठोक्किए, १ जनाको मृत्यु

Friday, December 20, 2019 National Power

जनकपुरधाम –  दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा धनुषामा १ जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुरुमा दुई मोटरसाइकल ठोक्किएकोमा पछि ट्रक आएर पनि धक्का दिएको थियो । दुर्घटना धनुषाको मिथिला नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार साँझ भएको हो ।

दुर्घटनामा ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका–३ हरियरपुर बस्ने २० वर्षीय दीपकुमार महतोको ज्यान गएको छ । गम्भीर घाइते उनको जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा ना ६५ प ९२९२ नम्बर पल्सर मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–९, धरापानीका २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर घाइते भएका छन् । दुवैको ढल्केवरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

दुवै मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ८२९६ नम्बर ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरको नियन्त्रणमा छ ।