Wednesday 25th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

प्रितमको स्वरमा ‘तिमीले बाटो फेरयौ अरे…२’ (भिडियोसहित)

Thursday, December 19, 2019 National Power

काठमाडौं -‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन ‘तिमीले बाटो फेरयौ अरे…२’सार्वजनिक गरिएको छ । भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो ।
मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ले युट्युवमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरेका हुन् । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राई । प्रितमको स्वरमा रहेको नयाँ भर्सनको गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷रदर्शकको साथ पाउनेमा आफू आशावादी रहेको दर्पणले बताए । ‘सारेगम प लिलिट चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुःखछ किन’मा पनि स्वर दिएका थिए ।