Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

सुकुम्बासीलाई जग्गा बाँड्ने अधिकार प्राप्त आयोग बनाउँदै सरकार

Thursday, December 19, 2019 National Power

काठमाडौं –  सर्वोच्च अदालतले १ पुस २०७१ मा सुकुम्बासी समस्या समाधान आयोगको सम्पूर्ण कामकारवाही तत्काल रोक्न निर्देशन दियो । सर्वोच्चका तात्कालीन न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले ‘स्पष्ट कानून बिना नै आयोग गठन गरिनुले प्रश्न चिह्न उब्जेको भन्दै’ आयोगको कामकारबाहीमा रोक लगाएको थियो ।

आयोगले ८ लाख ६१ हजार ३१७ परिवारबाट निवेदन संकलन गरिसकेपछि सर्वोच्च अदालतबाट यस्तो आदेश आएको थियो । सुकुम्बासी आयोगको काममा अदालतबाट कसरी अंकुश लाग्यो भन्ने सानो उदाहरण हो, यो ।

सरकारले अब भने पूर्णअधिकार सहितको आयोग बनाउन लागेको छ । काम गर्न कुनै पनि नीतिगत समस्या नहुने गरी आयोग गठन गर्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतले जानकारी दिएको छ । उक्त स्रोतका अनुसार अबको एक महिनाभित्र आयोग गठन गर्ने तयारी भइरहेको छ ।