Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रतनदेवी बहुउद्देश्यीयको बृहत सांस्कृतिक धमाका

Thursday, December 5, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
१९ , मङ्सिर / काभ्रे – बनेपा रतनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.को १३ औ वाषिर्क साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रम २०७६ हुने भएको छ ।

बेथानचोक गाउँपालिका वडा न: ४ पार्थलीको श्री सरस्वती मा बिको प्राङ्गणमा यहीँ मङ्सिर २८ गते शनिबारका दिन रतनदेवी बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ वाषिर्क साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रम हुने नेपालकै कान्छा जादुगर (आयोजक सदस्य ) गणेश केसिले जानकारी दिनु भयो ।

रतनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.को १३ औ वाषिर्क साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रममा नेपालकै बहु चर्चित गायक भोजराज काफ्ले , नेपालकै कान्छा जादुगर गणेश केसि , गायिका सरु गौतम , कमेडिएन भगवान खत्री , निर्देशक तथा कलाकार अमर कृष्ण चन्द , लोक गायिका सावित्री मगर , र्यापर प्रतीक अधिकारी , गायिका अनिसा तामाङ , चर्चित बेलि डान्सर छिरिङ लामा , मोडल तथा डान्सर महेशा थापा , मोडल निश्चल खत्री लगायतका कलाकारको बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रम संचालन भने अनित बिस्टले गर्नेछन् । साथै उक्त दिन सहकारीको नयाँ सदस्यता लिने महानुभावहरुलाइ विशेष सम्मान र निशुल्क सदस्यता प्रदान गरिने संस्थाका ब्यवस्थापक राजकुमार खत्रीले जानकारी दिनु भयो ।