Sunday 29th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

मिस लेडी नेपालको ताज ओकी किमोची विष्टले चुमिन

Tuesday, December 3, 2019 National Power

काठमाडौँ — कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले बिधागत तर्फको मोस्ट क्रिएटिभ र अर्गनाइजर च्वाइस अवार्ड समेत उचाल्न सफल भइन् ।

दिक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगितामा शुभेच्छा खड्गी फस्ट रनर अप चयन हुँदा खुशी बनले सेकेन्ड रनर अपको ताज आफ्नो हातमा पार्न सफल भईन।

ईमेज च्यानल,असोसिरिज नेपाल र किङ्ग्स हिल वाईनको सहयकार्य र रिचार्जर एपको प्रस्तुतीमा सम्पन्न भएको समरोहमा भोटिङ पार्टनरको रुपमा ग्लोबल अनलाईन पे रहेको प्रतियोगितामा बिधागततर्फ भने शुभेच्छाले वेष्ट ड्रेस, वेष्ट पर्सनालिटी, वेष्ट कन्फिडेन्ट र वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो नाममा सुरक्षित पार्न सफल भइन् भने खुशीले मस्ट फ्रेन्ड्ली विधाको अवार्ड आफ्नो नाममा दर्ता गरेकी थिइन् । कविता गुरुङ्लाई भ्युअर च्वाइस विधाको विजेताका रुपमा ताज पहिर्‍याइएको थियो साथै उनले बेस्ट वाक र मस्ट डिसिपिलिनको उपाधी समेत आफ्नो हातमा पारिन।

त्यस्तै मिस पपुलर र मिस मल्टिमिडिया स्मिता केसी, कोरियोग्राफर चोईस सुस्मिता सुन्दास, बेस्ट स्माईल सबिना सिवाकोटी, बेस्ट हेयर र बेस्ट स्किनको उपाधी शान्ति थीङले प्राप्त गरिन । मिस भ्याल्ली आईकनको कोरियोग्राफीमा प्रियंका श्रेष्ठ र सगुन श्रेष्ठ रहेका थिए ।

अनिल बुर्जा मगरको निर्देशन तथा रोजिन शाक्यले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख निर्णायकको भुमिकामा लभ कार्कीको साथै मिस हिमालय नेपाल २०१९ सुरक्षा सुवेदी, वरिष्ठ उद्यमी कर्मा गुरुङ, र्याप गायक तथा निर्माता निर्णय एन एस के र नायिका बिन्दा खतिवडाले निर्णायकको भूमिका निभाएका थिए ।

सभ्य एवं भव्य रुपमा सम्पन्न भएको प्रतियोगितामा नव प्रतिभालाई उचित स्थान दिन यस्ता सौन्दर्यसम्वन्धी कार्यक्रमहरु आउँदो दिनमा पनि निरन्तर गर्दै जाने कथा ईभेन्ट्सकी प्रमुख गनिका गुरुङले बताइन।