Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

राष्ट्रिय जनमोर्चाको कालापानी बचाऊ अभियान डोटीमा

Monday, December 2, 2019 National Power

डोटी – राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘कालापानी बचाऊ अभियान’ आइतबार डोटी आइपुगेको छ । राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटिले मंसिर ११ गते कैलालीको धनगढीबाट सुरु गरेको अभियान डडेल्धुरा, बैतडी, दार्चुला हुँदै डोटी पुगेको हो । मोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश ईचार्ज मनोज भट्टले नेतृत्व गरेको अभियान अन्तरगत कैलालीको अत्तरिया, डडेल्धुरा, बैतडीको खोड्पे, पाटन, गोठालापानी र सतबाँझ, दार्चुलाको गोकुले र खलङ्गामा सभाहरु गर्दै डोटी पुगेको मोर्चाका प्रदेश कमिटि कोषाध्यक्ष केशवनाथ योगीले जानकारी दिए ।

आइतबार डडेल्धुराबाट आएको मोटरसाइकल ¥याली पिपल्ला बजारमा सभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य भट्टले सरकारले सीमा सुरक्षाका सवालमा लापरवाही गरेको आरोप लगाए । उनले भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक समावेश भएको सार्वजनिक हुँदाहुँदै सरकारले भारतसंग ठोस् वार्ता नगरेको आरोप लगाए ।

‘प्रधानमन्त्री केपी ओलीले बोलेको उपचुनावलाई लक्षित गरेर मात्रै हो, सीमा बचाउनका लागि होइन’ भट्टले भने ‘वर्तमान सरकार सीमा सुरक्षाको विषयमा गम्भीर छैन ।’ प्रधानमन्त्री आफू बिरामी भएर उपचारमा बढी समय बिताउनुपरेको आफूहरुलाई पनि थाहा भएको भन्दै भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले भने ‘प्रधानमन्त्री त बिरामी हुनुहुन्छ तर पुरै सरकार र राज्यका संयन्त्रहरु त बिरामी छैनन् नि १ परराष्ट्रमन्त्री, कुटनीतिक नियोग, भारतका लागि नेपाली राजदूत, सरकारका अन्य मन्त्रीहरुले किन यो बिषयमा पहल गरिरहेका छैनन् भन्ने हाम्रो प्रश्न हो ।’ उनले सरकार भारतसंग वार्ता गर्न डराएको समेत आरोप लगाए ।

केन्द्रीय सदस्य लालवहादुर जाग्री, सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टलगायतको टोलीसहित डोटी पुगेका भट्टले सरकारलाई दवाव दिनका लागि आफुहरुले सीमा बचाउ अभियान थालेको वताए ।