अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१५ , मङ्सिर / काभ्रेपलान्चोक – बनेपा हाम्रो पालुङ शिखरकोट अनलाइन रोधी घरले गोकेर्णश्वोर नगरपालिकाको सहिद पार्कमा वनभोज कार्यक्रम भब्य रुपामा सम्पन्न भएको हाम्रो पालुङ शिखरकोट अनलाइन रोधी घरका आयोजक सदस्य भुमी नेपालले बताउनु भयो ।
कार्यक्रम चर्चित गायिका गिता देबिको प्रमुख अथिथ्यतामा सम्पन्न भएको थियो । उक्त बनभोज कार्यक्रममा काभ्रेका सबै स्थानीय कलाकारको उपस्थिति रहनुको साथै नुवाकोट सिन्धुपाल्चोकका कलाकारहरु रहेका थियो भने प्राय सबै गायक गायिकाले आफ्नो प्रस्तुति दिनु भएको थियोे ।वन भोजकार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको समेत उपस्तिथि रहेको थियो ।
वनभोज कार्यक्रम लाई हाम्रो पालुङ शिखरकोट अनलाइन रोधी घरले आयोजना गरेको थियो ।कार्यक्रममा लाईभ दोहोरी , गायक गायिकाको प्रस्तुति , गित बजाउदै नाच्दै रमाइलो गरि बनभोज कार्यक्रम मनाएका थिए । कार्यक्रममा कलाकारहरु र पत्रकारहरु लाई खात र मायाको चिनो दिएर सम्मान गरेको थियो ।कार्यक्रमलाई कोशिपारी अन्लाईन न्युज राम्रो सन्देश र नेशनल पावर न्युजले लाईभ गरेको थियोे । कार्यक्रममा मौसमले धेरै च्यालेन्ज गरेपनी कार्यक्रमको माहोल भने तातेको थियो ।
कार्यक्रममा चर्चित गायिका गिता देबि , गायक युवराज चौलागाईं , कलाकार केदार न्यौपाने , गायक तथा मोडल नबराज गौतम , गायिका गोमा कोइराला , सर्जक सम्भु नेपाल मोडल प्रन्सा दाहाल र विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियोे भने वनभोज कार्यक्रममा लगभग १०० जान कलाकारहरुको उपस्तिथि रहेको थियो भने अन्य ब्याक्तीहरु पनि उतिकै उपस्तिथि देखिन्थ्यो ।