Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

ब्याकुल माईलाको कर्महारा चेली सार्वजानिक

Friday, November 29, 2019 National Power

काठमाण्डौ – राष्ट्रिय गीतका सर्जक ब्याकुल माईलाले आफ्नो पछिल्लो नयाँ गीत कर्महारा चेली यूटूद्यव मार्फत सार्वजानिक गरेका छन् । बरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा सजिएको उक्त गीतलाई पदम रजान मगरले संगीत गरेका हुन् ।


चेली कथा व्यथालाई चित्रण गरिएको गीत मारुनी धाकामा रहेकोछ । जुन गीतलाई माधव राज खरेलले निर्देशन गरेका छन् भने नायिका एवं मोडल अनामिका चौलागाईले गीतको मर्मलाई जिवन्तता निक्के उत्कृष्ट मेहनत गरेकी छिन् । अनामिकालाई अभिनयमा राजन थापा, गोकर्ण रुपाखेती र लिना खनालले साथ दिएका छन् ।
पिम नेपालको सहकार्यमा व्याकुल माईला यूट्यूब मार्फत सार्वजानिक भएको गीत कर्महारा चेलीको छायांकन तथा सम्पादन राजन खरेलले गरेका छन् भने क्रियटिभ निर्देशक कमला जोशी रहेकी दिन् ।