Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राजेशपायलले किन गरे अवार्ड नलिने घोषणा

Thursday, November 28, 2019 National Power

गायक राजेश पायल राइको घरमा केही महिना अगाडि आगालागी हुँदा उनले प्राप्त गरेका सबै अवार्डहरु जलेर नष्ट भए । यसपछि पनि राजेशले केही अवार्डहरु प्राप्त गरेका छन् । तर, राजेशले अब उप्रान्त अवार्ड नलिने घोषणा गरेका छन् । उनले, राज्यस्तरबाट दिने वा अन्तरराष्ट्रिय मान्यताप्राप्त अवार्डहरुबाहेक निजी वा व्यक्तिगत रुपमा प्रदान गरिने अवार्ड नलिने उल्लेख गरेका छन् । सामाजिक संजालमा स्टाटस कोर्दै राइले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–‘हामी कलाकारहरुका लागि दर्शक तथा श्रोताहरुको माया, सद्भावले विशेष महत्व राख्दछ । नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामीले उनीहरुका लागि बाटो छाडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्व पनि कायम रहनुपर्दछ ।’

उनले अवार्डले आफ्नो करिअरमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको पनि उल्लेख गरेका छन् । उनले ‘लाइफ टाइम एचिभमेन्ट र सम्मान’ भने ग्रहण गर्ने लेखेका छन् । चलचित्र, आधुनिक, पप, लोक लगायतका गीत गाएर राइले सय भन्दा बढी अवार्ड र सम्मान प्राप्त गरिसकेका छन् ।