Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।

Tuesday, November 26, 2019 National Power

काठमाण्डौ – नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ । गत वर्ष राजधानी काठमाण्डौ स्थित भृकुटीमण्डपमा पौष २, ३ र ४ गते भव्य रुपमा सम्पन्न भएको यस कार्यक्रमलाई यस वर्ष प्रदेश नं ७ को राजधानी धनगढीमा मिति २०७६ पौष२४, २५र २६गते गर्ने उदेश्य लिएको छ । ३ दिन सम्म चल्ने उक्त कार्यक्रममा नेपाली कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र को प्रदर्शनी समेत गरिने आयोजक समितिले जानकारी गराएको छ ।


फिल्म मेकर्सहरुलाई अन्तराष्ट्रिय स्तरको चलचित्र, वृत्तचित्र, लघुचलचित्र निर्माण गर्न प्रोत्साहन गर्दै पर्यटन वर्ष २०२० लाई भव्य रुपमा स्वागत गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ । कार्यक्रमको समापन २६ गते शनिवार धनगढी रंगशालामा एक भव्य सांगितिक कर्यक्रममा विचमा समापन गरिने भएको जसमा नेपालका ख्याति प्राप्त गायक/गायिका, नायक/ नायिकाको समेत उपस्थिति रहने संस्थाका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।