Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘दोस्ताना २’लाई लिएर उत्साहित जाहन्वी

Tuesday, November 26, 2019 National Power

चलचित्र ‘धडक’ले नायिका जाहन्वी कपुरको करिअर आशातित रुपमा अगाडि बढाउन सकेन । उनीसँगै आएकी अर्की नायिका साराअली खानले बलिउडमा धुम मच्चाइरहेको समयमा जाहन्वीलाई भने करिअर कसरी अगाडि लैजाने भन्ने समस्या छ । उनै, जाहन्वी कपुर करण जोहरको नयाँ चलचित्र ‘दोस्ताना २’मा काम गर्दैछिन् । यो चलचित्रको छायांकन सुरु भएको छ । यो चलचित्रमा उनले नायक कार्तिक आर्यनसँग पर्दा शेयर गर्दैछिन् । ‘दोस्ताना’को सिरिजको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रको कामसँगै जाहन्वी सामाजिक संजालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनी, दैनिकजसो सामाजिक संजालमा तस्वीर शेयर गर्न सिपालु छिन् । उनले, हालै मात्र शेयर गरेको केही तस्वीरले सामाजिक संजाल तताएको छ ।

‘दोस्ताना २’को पहिलो सेड्यूलको छायांकन सकिएपछि यसको टिम खुशीयाली साट्नमा व्यस्त देखिएको थियो ।