Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल हुँदै

Tuesday, November 26, 2019 National Power

काठमाडौं – दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल हुँने भएको छ । सेफ स्कुल एण्ड सेफर मोबिलिटीको थिममा रहेर दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल आगामी दिसम्बर ३० तारिख तदनुसार पुष १४ गते हुन लागेको हो ।

यसमा मूलतः सेफ स्कुल एण्ड सेफर मोबिलिटीको थिममा छोटा फिल्मका प्रतिस्पर्धा, फिल्म निर्माता र निर्देशकसँग अन्तरक्रिया र छलफल, नेपाली फिल्म क्षेत्रसँग संवेदनशील एजेण्डामा सहकार्य, सडक र सवारी सम्बन्धि पेन्टिङ, पोस्टर र फोटो प्रर्दशनी, सडक सुरक्षा सम्बन्धी गीत, सङ्गीत र कला–साहित्यको जमघट, नयाँ र सृजनात्मक प्रयोगका माध्यमबाट जनचेतना र कार्यक्रमको लागी दवाव, डकुमेन्ट्रिहरूको प्रर्दशन तथा सडक सुरक्षामा सामुहिक प्रतिबद्धताको घोषणाको प्रयास गरिने आयोजकले जनाएको छ ।

आगामी पुष १४ गते आयोजना गरिने फिल्म फेस्टिभल काठमाडौं उपत्यका भित्रको कुनै स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यवसायिक संस्थाको सहयोगमा गरिने जनाइएको ।

सेफ स्कुल नेपालको आयोजना तथा नेसनल रोड सेफ्टी एलाइयन्स र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा हुने सो फेस्टिभलमा फाइनल राउण्डमा पुगेका एकदर्जन फिल्महरूको अन्तिम प्रतिस्पर्धा हुने बताइएको छ ।