Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

डेडीथुम्का २०५३ ब्याचको पुनरमिलन

Saturday, November 23, 2019 National Power

धुलिखेल, मण्डनदेउपुर नगरपालिकामा रहेको श्री डेडीथुम्का मा.वि.बाट २०५३सालको SLC परीक्षामा सहभागी विद्यार्थीहरुको बनभोज सहितको पुनरमिलन र गुरुहरु सम्मान कार्यक्रम शनिवार धुलिखेलको देविस्थानमा भव्य रुपमा सम्पन्न भएको छ ।

अप्सरा नेपालको अध्यक्षता र विधालयका तत्कालिन शिक्षक केशव ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तत्कालिन शिक्षकहरु शंकरबहादुर खड्का, धर्मनारायण मेहता र यज्ञराज अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

६० जना भन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा नवराज बजगाईले स्वागत मन्तब्य, शिबहरी बजगाईले कार्यक्रम सञ्चालन र टुल्कु लामाले धन्यवाद ज्ञापन गरेका थिए ।

तत्कालिन शिक्षकहरु केशव ज्ञवाली, शंकरबहादुर खड्का, धर्मनारायण मेहता र यज्ञराज अधिकारीलाई अभिनन्दन गरिएको कार्यक्रममा उपस्थित सबैले त्यो बेलाको अबिस्मरणिय क्षणको सम्झना गर्दै आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए