धुलिखेल, मण्डनदेउपुर नगरपालिकामा रहेको श्री डेडीथुम्का मा.वि.बाट २०५३सालको SLC परीक्षामा सहभागी विद्यार्थीहरुको बनभोज सहितको पुनरमिलन र गुरुहरु सम्मान कार्यक्रम शनिवार धुलिखेलको देविस्थानमा भव्य रुपमा सम्पन्न भएको छ ।
अप्सरा नेपालको अध्यक्षता र विधालयका तत्कालिन शिक्षक केशव ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तत्कालिन शिक्षकहरु शंकरबहादुर खड्का, धर्मनारायण मेहता र यज्ञराज अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
६० जना भन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा नवराज बजगाईले स्वागत मन्तब्य, शिबहरी बजगाईले कार्यक्रम सञ्चालन र टुल्कु लामाले धन्यवाद ज्ञापन गरेका थिए ।
तत्कालिन शिक्षकहरु केशव ज्ञवाली, शंकरबहादुर खड्का, धर्मनारायण मेहता र यज्ञराज अधिकारीलाई अभिनन्दन गरिएको कार्यक्रममा उपस्थित सबैले त्यो बेलाको अबिस्मरणिय क्षणको सम्झना गर्दै आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए