Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिको ट्विट– बुद्ध जन्मस्थल नेपाल हाम्रो मुटुमा छ

Tuesday, November 19, 2019 National Power

काठमाडौं –  श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् । राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् ।

राजापाक्षले भनेका छन्–भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।

 

श्रीलंकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ पूर्वरक्षामन्त्री गोतावायाले चुनाव जितेका थिए । बुद्धमार्गी उनले यसअघि बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणसमेत गरेका थिए । सोमवार प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिँदै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।