Monday 21st April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

मेलोडीको टिकटकले बले र रक्षालाइ डुबायो (भिडियो सहित)

Monday, November 18, 2019 National Power

काठमाडौँ – पछिल्लो समय चर्चामा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “टिकटकले डुबायो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “टिकटकले डुबायो” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो ।

सार्बजनिक गीतमा (अम्बिका गुरुङको शब्द र संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल ९बले० तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।