काठमाडौं – विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘के तन्नेरी, के अधवैशे…’ सार्वजनिक भएको छ । महेश मुखियाको स्वर र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा करन, इना, सुनिल, सिमरोन र दीपेन्द्रलाई फिचरिङ गरिएको छ । अजिता कंडेलको कथा र कन्सेप्ट रहेको डान्सिङ गीतको भिडियोलाई अखिल बास्कोटाले छायाँकन र माधव वेल्वासेले सम्पादन गरेका हुन् ।
हालसम्म १८ एल्बम सार्वजनिक गरेका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गीत लेखेर विभिन्न विधामा १४ विश्व रेकर्ड बनाएका छन् । गीत लेखनसँगसँगै उपन्यास लेखनमा पनि त्यतिकै सक्रिय रहेका उनका दश उपन्यास पाठकमाझ आएक छन् ।