Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला

Wednesday, November 13, 2019 National Power

सोलुखुम्बु -सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ बजे ती फ्रान्सेली नागरिक मृत फेला परेको बताए ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल, महारजगञ्ज लगिएको छ ।उनी एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।