Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

भारतले जारी गरेको नक्सा नेपाललाई मान्य छैन : प्रचण्ड

Saturday, November 9, 2019 National Power

पोखरा – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’ लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरण गर्दै उनले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’

भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उनले यसबारे सरकार पनि बोलिसकेको बताए । नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने भन्दै उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’

सरकारले पनि भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच सम्वाद हुने बताए । ‘अब कुरा हुन्छ भनेर सरकारले ग्यारेन्टी गरिसक्यो । यो अगाडि बढ्छ,’ उनले भने ।