Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

हतियारसहित नेता पक्राउ , तरुण दल भन्छ – प्रहरीले आफै हतियार लगेर फसायो

Friday, November 1, 2019 National Power

काठमाडौंँ – नेपाली काँग्रेस निकट तरुण दल नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीपजङ्ग शाहसहित ६ जनालाई पक्राउ गरिएको विषयमा नेपाल तरुण दलले आपित्त जनाएको छ । प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।

बाँके प्रहरीले उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको बताएको छ । तर, तरुण दलको केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले भने प्रहरीबाट झुठा आरोपमा फसाउने र सामाजिक आतङ्क सृजना काम भएको जिकिर गरेका छन् । उनीहरु निर्दोष रहेको भन्दै प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन अध्यक्ष बस्नेतको माग छ ।

प्रहरी आफैँले लगेको हतियार सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भन्दै झुठो प्रचार गरेको अध्यक्ष बस्नेतद्वारा शुक्रबार विज्ञप्तिमा भनिएको छ । तरुणलाई दुःख दिने कुत्सित एवम् दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई प्रहरीले पक्राउ गरेको उनको भनाइ छ । अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाहीको माग गरे ।

तरुण दलले माग बेवास्ता गरे सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ । ‘हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।