काठमाडौं – बाराको सिम्रौनगढ़ नगरपालिका-११ भगवानपुरबाट प्रहरीले भन्सार छलीका करिब ४५ लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भगवानपुरस्थित संजय जैसवालको घरबाट बिहीबार साँझ उक्त मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ । बरामद कपडाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।