काठमाडौं – प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
मात्रा नपुर्याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको महाशाखाका एक अधिकारीले जानकारी दिएका छन् । उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।