Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

Thursday, October 3, 2019 National Power

काठमाडौं – आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

शिव ९कल्याण० तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन्। जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ । उनलाई हामी क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्म समेत भन्न सक्दछौं ।

प्रायः हामी भन्ने गर्दछौं कि ब्रह्म सर्वत्र एवं सर्वव्यापी छन् । तर, हामीसामू कुनै चुनौतीहरु आउँछ भने त्यतिबेला हामीलाई क्रियात्मक हुनु आवश्यक हुन्छ । त्यतिबेला हामीभित्र रहेको ब्रह्मले नै क्रियात्मक हुन सुझाव दिने गर्दछ । हामी जतिबेला सही एवं व्यवहारिक ज्ञानबाट लिप्त हुन्छौं त्यतिबेला हामीभित्र स्कन्द तत्वको उदय हुन्छ । देवी स्कन्दमाता पनि यही व्यवहारिक ज्ञानकी स्रोत हुन् । स्कन्द तत्व देवीको एउटा अर्को स्वरुप मात्र हो ।

कतिपय अवस्थामा हामीसँग ज्ञान त हुन्छ । तर, त्यो ज्ञानको प्रयोजन वा क्रियात्मक प्रयोग भएको पाईंदैन । तर, कतै हामी सैद्धान्तिक ज्ञानको क्रियात्मक प्रयोग तत्कालै गरेको पाउँछौं । हामी विद्यालयमा पढेको ज्ञानलाई जसरी दैनिक जीवनमा प्रयोगमा ल्याउने गर्दछौं । हामीले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई जसरी व्यवहारमा उतार्ने गर्दछौं त्यहाँ पनि स्कन्द तत्व भेटिन्छ । त्यसैले स्कन्दमाता सही व्यवहारिक ज्ञान र क्रियाकी प्रतीक हुन् । हामीले यी देवीको पूजासँगै यो विषयलाई ध्यान दिनु पर्दछ ।