Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रसुवाको पदमार्गमा निस्केका २ पर्यटक १० दिनदेखि बेपत्ता

Wednesday, October 2, 2019 National Power

रसुवा – उत्तरी रसुवाको तामाङ सम्पदा पदमार्गमा निस्किएका २ पर्यटक १० दिनदेखि बेपत्ता भएका छन् । पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका हुन् । प्रहरीका अनुसार असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा एक टोली परिचालन गरेको जनाएको छ । पर्यटकको खोजीमा खटिएका ढकालले थुमन क्षेत्र आसपासबाट उनीहरू बेपत्ता भएको देखिन आएकाले त्यस वरपर खोजी भइरहेको जानकारी दिए ।

पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेखअनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए । तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले बताए ।