Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

सभामुख महराको सशर्त राजीनामा (विज्ञप्ति सहित)

Tuesday, October 1, 2019 National Power

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले संचारकमीहरुलाई बताए ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद)पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।