Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

जन्म दिनमा गौतमले गरे आश्रमलाई सहयोग

Thursday, September 19, 2019 National Power

२ , असोज / काभ्रेपलान्चोक – बनेपा कोशिपारि चौरी देउराली गाउँपालिका ९ बिरुवा टोलमा पिता नवराज गौतम र माता रिता गौतमकोकोख बाट जन्मनु भएका नविन गौतम सानो उमेर बाट नै समाजका लागी केहि हक हित र अरुको भलाइका लागी काम गर्नु पर्छ भन्दै सोच्दै हिड्ने गर्नु हुन्थ्यो ।

गौतमको घरमा बुबा आमा,भाई र एलिसा गौतम श्रिमती गरि जम्मा पाँच जनाको परिवार छन । परिवारको अरु सदस्य भन्दा अलि फरक सोच र फरक तरिकाले बाच्न चाहाने उनी आफ्नो जन्म भूमिमा केहि फरक काम गर्दै आफ्नो पाईलाहरु अगाडि बढाउदै गर्दा गौतमले आफ्नो जन्म दिनमा बृद्ध आश्रममा नगद दस हजार रकम सहित सहयोग गर्नु भएको छ ।

गौतमले यस वर्ष भने आफ्नो जन्म दिनको अबसर पारेर पनौती नगरपालिका ९ मा रहेको श्री प्राणनाथ माईति बृद्ध आश्रममा रहेका बृद्धाहरुलाई आफ्नो क्षेमताले र आफ्नो घर परिवारको सहयोगमा नगद सहित लत्ताकपडा खाना फलफूलको व्यवस्थापन गरि हस्तान्तरण गर्नु भएको छ । यसरी श्री प्राणनाथ माईति बृद्ध आश्रमको आमा बुबाहरु लाई सहयोग गरेर बृद्धा आमा बाहरुलाई खुसीको प्रदान गर्नु भएको छ । गौतमको यस्तो सामाजीक काम देखेर आफ्नो घर परिवारले पनि खुसि व्यक्त गरेका छन भने घर परिवारले गौतमको उक्त कार्यको मुल्याङकन गर्दै अझ हौसला प्रदान गरेको नविन गौतमले बताएका छ्न ।

आज भोलि मानिसहरु समय र परिस्थिति अनुसार अगाडि बढने गर्दछ्न । आजका मानिसहरु अरुको देखा सिखी गरेर आफ्नो जन्म दिन मनाउने विभिन्न खालका पाटी गर्ने गर्दछ्न । फजुल खर्च गरेर विभिन्न ठुला ठुला होटल तथा रेष्टुरेन्टमा जाने र मदिरा लागु पदार्थ सेवन गरि भोज भत्तेर गर्ने चलन आएको छ । तर नवीन गौतमले भने आफ्नै छुट्टै सोच बिचारले जन्म दिन मनाइने पैसाले श्री प्राणनाथ माईति बृद्ध आश्रमका आमा बुबाहरु लाई लत्ताकपडा नगद सहित खानाको समेत व्यवस्था गर्नु भएको छ ।

गौतमले आफ्नो जन्म दिनको अवसरमा आफ्नै गाउँ ठाउको बृद्धा आश्रममा केहि सहयोग गर्न पाउदा सारै खुसी हुनु भएको र सबै रमाईलो त्यागेर बृद्धाहरुको सेवा गर्नु भयको छ । जीवनको अरु खुसीयालीमा पनि यस्तै बृद्धा आमा बाहरुलाई सहयोग गर्दै दुख सुख गर्दै बाच्ने बताउनु भयो । गौतम हाल नविन एलिसा नामको ईन्टरप्राईजेजको स्थापना गरी काम गर्दै आउनु भएको छ ।