Tuesday 30th September 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

‘राष्ट्रिय शिखर कृषक अवार्ड’ सम्पन्न साथमा शिखर सम्मान प्रदान गरियो

Sunday, September 15, 2019 National Power

काठमाण्डौ – कृषि प्रधान देश नेपालमा पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ सम्मान गरिएको छ । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए ।
प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, विर्तामोड) , प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य ( वाग्मति गोट फिड्स प्रा.लि.धार्के धादिगं), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)ले नगद १५- १५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्र सहित फुलमालले सम्मानित गरिएको थियो ।

सो अवसरमा बोल्दै उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई खुसी नेपाल समृद्ध नेपालीको पहिलो प्रथामिकतामा राखेका बताए । उनले कृषि प्रधान देश भनेर आयात गर्नु दुख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरि काम गर्ने बताए ।

यस्तै सोही अवसरमा बोल्दै कृषि तथा पशुपंक्षि मन्त्रालयकी राज्यमन्त्री राम कुमारी चौधरीले बास्तकीक किसानहरु छनोट गरि पुरस्कृत गर्ने परम्परा पहिलो पटक सुरु गरेकोमा शिखर नेपाललाई धन्यवाद दिदै कृषकहरुको पक्षमा राज्य पनि गम्भीर भएको बताईन् ।
यस्तै पूर्व उद्योग मन्त्री महेश बस्नेत कृषि उद्योगको रुपमा सञ्चालन सबै क्षेत्र लाग्नुपर्ने बताए ।
कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ प्रदान गरेका हौँ अध्यक्ष शेखर खनालले भने, आशा छ, सरकारकै सहकार्यमा प्रदान गरिएको यो अर्वाडले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने छ । कृषिको हौसला बढेको छ ।

“शिखर नेपालको राष्ट्रिय अभियान–कृषकहरुको सम्मान” भन्ने नारासहित कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिएको हो ।

यस्तै शिखर सम्मान २०७६ बाट पत्रकार राजेन्द्र आचार्य, नागरिक सापताहिका फोटो पत्रकार श्रीधर पौडेल, भुवन चौहान, माया नेपाल, सरिता गौतम, कमल खत्री, अमृत मरहट्ठा, दिपा दाहाल, बबिता श्रेष्ठ र दिवाकर मान सिंह बस्न्यातलाई उपप्रधानमन्त्री पोख्रेरलले सम्मानपत्र मालासहित सम्मान गरेका थिए ।

यस्तै शिखर व्याक्तित्व सम्मान २०७६ बाट ऋषि न्यौवान, देवीलाल शर्मा, विश्वमणी घिमिरे, स्वयम्भू कृष्ण श्रेष्ठ, डा. वंशी शर्मा, माधव राज खरेल, मञ्जु खाँड, ऋतुराज सापकोटा, हरि भण्डारी र गणेश प्रसाद सुवेदी समानित भएका थिए । यसैगरि शिखर अनर अवार्ड २०७६ बाट भिष्मराज फुलारा, निशु झा, गंगा ढकाल, सुनिता वस्नेत, ठण्ड बहादुर अधिकारी र सिद्धार्थ वनस्थली ईन्टिच्यूट सम्मानित भए । भने शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६बाट सुक बहादुर रोका, रमेश पौडेल, शान्तिप्रिय, डि.पी आत्रेय, जीतु नेपाल सम्मानित भए ।

यस्तै शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट डा सुशिल भट्ट (सदस्य–राष्ट्रिय योजना आयोग), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६बाट डा. योगेन्द्र कुमार कार्की (सचिव–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ ), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट राम कुमारी चौधरी (राज्यमन्त्री–कृषि तथा पशुपंक्षि मन्त्रालय) र शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६ बाट महेश बस्नेत (पूर्वमन्त्री एबं प्रतिनिधी सभा सदस्य–भक्तपुर क्षेत्र नः २) सम्म्मानित भएका थिए । यस्तै सोही अवसरमा शिखर ईन्करेजमेन्ट कृषक अवार्ड बाट अनन्त बहादुर खड्का, जनकल्याण सामाजिक विकाश अनुसन्धान केन्द्र नेपाल, ललितपुर र शिखर कर्मशिल कृषक अवार्डबाट सुकमाया तामाङ र चितवनकी लक्ष्मी राणा समेत समनित भएका थिए ।