Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

सुमन खतिवडाको बांचेकै छु जसो तसो सार्वजनिक

Thursday, September 12, 2019 National Power

काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया रहेका लीला खतिवडाले ‘बाँचेकै छु जसोतसो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विदेशको रोजगारीसँगै बाँकी रहेको समयमा साहित्यिक लेखनमा सक्रिय खतिवडाले परदेशमा पुगेपछिको प्रेमभावलाई समेटेर लेखेको गीत म्युजिक भिडियोका रुपमा सार्वजनिक गरेका हुन् ।

निर्मल दियालीले संगीत गरेको यो गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् । गीतमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर छ । माया, प्रेम, विछोडका भावनालाई जोडेर तयार पारिएको म्युजिक भिडियोमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपको अभिनय छ ।

कीर्तिपुरको चोभार, दरबार मार्गलगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् ।