Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

५ वर्षिया गायिका विशेषताको दशैं गीत ‘रातो टिका जमरा’ सार्वजनिक (भिडियोसहित)

Friday, September 6, 2019 National Power

काठमाण्डौ – प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको दशैं गीत ‘रातो टिका जमरा’ सार्वजनिक भएको छ ।

५ वर्षिया बाल गायिका विशेषता पराजुली, गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैं गीत ‘रातो टिका जमरा’ गीतको भिडियो बजारमा आएको हो ।

गीतमा छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ । त्यस्तै गीतमा रविन बजगाईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ ।

गीतको भिडियोमा विशेषता पराजुली, माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ ।