काठमाण्डौ – भाद्र शुक्ल तृतिया तिथिमा महिलाहरुले मनाउने विषेश वर्ष हो तिज जसलाई हरतालिका वा हरितालिका तिज भन्ने गरिन्छ हिन्दुधर्मको सवै भन्दा अनुशासीत र कठोर व्रतको रुपमा तिजलाई लिने गरिन्छ । यस दिन विवाहित महिलाहरुले आफ्नो श्रीमानको आयु र आफ्नो सौभाग्य रहिरहोस भनि २४ घण्टा सम्म अन्न र जल ग्रहण नगरि व्रत वस्ने गर्दछन् ।
हतितालिका तिज
लिंगपुराणका अनुसार माता पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउनको लागी नदीको किनारामा वसी अन्न, जल, निन्द्राको त्याग गरि कठोर तपस्या गरेकी थिईन र सो समय उनले हावा र सुकेको पत्ता मात्रै खाएकी थिईन भन्ने उल्ल्ेख गरिएको छ । माता पार्वतीले शिवलाई पतिको रुपमा पाउनको लागी १०८ पटक जन्म लिएकी थिईन र यी १०८ पटकै जन्ममा उनले तिजको ब्रत बसेकी लिंगपुराणमा उल्ल्ेख गरिएको छ । लिंगपुराणमा उल्ल्ेख भए अनुरुप माता पार्वतीको कठोर तपस्यावाट प्रशन्न भएका शिवले पार्वतीलाई आफ्नी पत्नीको रुपमा स्वीकार गरेकोले माता पार्वतीले तिजको व्रत बस्ने महिलाहरुदेखी खुशी भई उनिहरुलाई अखण्ड सांभाग्यवतीको आशिर्वाद दिन्छीन भन्ने विश्वास पनि गरिन्छ । जितको व्रत भन्ने वित्तिक्कै आम महिलाहरुमा विवाहीत महिलाहरुको विषेश पर्व हो भन्ने भनाई पनि छ तर यस पर्वमा विवाहीत महिलाले आफ्नो पतिको दिर्घजीवन या आफ्नो अखण्ड सांभाग्यवतीको कामना सहित व्रत बस्छन् भने कन्या केटीहरुले योग्य दुलाह प्राप्त होस भन्ने कामनाले पनि यो व्रत राख्ने गर्दछन् ।
यस ब्रतलाई हरेक वर्ष निष्ठा एवं श्रद्धापुर्वक गरेमा माता पार्वती जस्तै सुखपुर्वक जिवन यापन गरी अन्ततः शिवलोकमा वास हुन्छ भन्ने मान्यता पनि रहेको छ । हरित र तालिका हुदै दुई शब्दलाई मिलाएर हरितालिका बनाएको हो । हरित अर्थ हरण र तालिकाको अर्थ साथी हो जव पार्वतीको पिताले पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने निर्णय गरे पश्चात महादेव पति प्राप्तिको लागी कानमा गरिरहेकी पार्वती अत्यन्तै दुखी बनिन् । पार्वतीको दुख देखेर वा पार्वतीको चाहत महादेव हो भन्ने बुझेकी उनकी वालसखा विजयादेवीले पार्वतीलाई हरण गरी बनमा लिएर गएकी थिईन् । यसै समयदेवी माता पार्वतीले यस कठीन ब्रतको प्रारम्भ गरेकी थिईन भने साथी विजयदेवीले पार्वतीलाई हरण गरेर लगेको हुनाले यस ब्रतको नाम हरितालिका हरेको बताईन्छ ।
यस ब्रतलाई विधिपुर्वक गर्न नसकेमा दण्ड पनि मिल्ने लिंगपुराणमा लेखिएको छ । जसमा लेखिएको छ ब्रत बसेको वेलामा दुध पिएमा विरालो, पानी पिएमा कोईली र सुतेमा अजिंगरको जन्म लिनुपर्ने छ ब्रत वसेको वेलामा मिठो खानेकुरा खाएमा कमिला र अरुको कुरा काटेमा कुकुरको जन्म लिनुर्पे बताईएको छ । यदि यस कठोर ब्रतलाई विधिपुर्वक बस्न सकेमा माता पार्वती प्रशन्न भई ब्रतालुले मनले चाहेको कुराहरु पुरा गरिदिन्छीन् ।
हरितालिका पुजाको लागी गिलो कालोमाटो,बेलपत्र, समिपत्र, केराको पात, धतुरोको दाना, मन्जरी, जनै बस्त्र एवं विभिन्न प्रकारका फलफुलहरुको पुजा सामग्री लाग्दछ भने माता पार्वतीलाई चढाउनको लागी सवै प्रकारका सौभाग्यका सामग्रीहरु पनि आवश्यकता पर्दछ । जसमा मेहेन्दी, चुरा, गाजल, गंगाजल, विछिया, टिका, चन्दन, कुमकुम, सिन्दुर, काईयो आदी सामग्रीहरु पर्दछन् ।
पुजाको लागी विषेशतः श्रीफल, कलश, अविर, चन्दन, ध्यु, तेल, कपुर, कुमकुम, दिप आदी सामाग्रीहरु चाहिन्छ भने पुजाकै लागी पञ्चामृतको पनि आवस्यकता पर्दछ । तिजको दिन विषेश गरेर महिलाहरु सोह्र श्रृङ्गारमा सजिएर रातो साडी लगाएर निर्जला व्रत बस्ने गर्दछन् । यस दिन घरको सफाई गरि एक छेउमा गीलोमाटो ल्याएर भगवान शिव र माता पार्वतीको प्रतिमा बनाई यस प्रतिमालाई गंगाजल चढाई पुजा सामाग्रीद्धारा विधिवत रुपमा महादेव पार्वतीको पुजा गर्नुपर्दछ ।
उमामहेश्वर सायुज्य सिद्धय
हरितालिका ब्रतमहं करिष्य
यस मन्त्रको उच्चारण गरी पुजा गरिनुलाई असाध्यै शुभ मानिन्छ पुजाको क्रममा माता पार्वतीलाई रातो बस्त्र (साडी, चोली, घुम्टो) र महादेवलाई धोती गम्छा चढाईने गरिन्छ । हरितालिकाको पुजा प्रदोषकाल एवं सन्ध्याकालमा गरिने गरिन्छ ।यो व्रत रातभर जाग्राम बस्नुपर्ने समेत लिंगपुराणमा बताईन्छ ।
सन्ध्याकालिन समयमा गणेशको पुजापश्चात माता पार्वती र शिवको पुजा गरिन्छ पुजाको क्रममा शिवलाई परिक्रमा गर्नुपर्ने हुन्छ भने रात्री जाग्रामको क्रममा हरेक घण्टामा माता पार्वती र महादेवको पुजा गर्नुपर्ने हुन्छ रात्री जाग्राम पछि विहानको पुजा सुरुहुन्छ जसमा प्रभातकालिन समय एवं विहान ४ बजे माता पार्वतीलाई सिन्दुर चढाई हलुवा र काक्रोको भोग लगाउनु पर्दछ । यसरी पुजाको सम्पुर्ण कार्य समापन गरिसकेपछि ब्रतालुहरुले हलुवाई र काक्रो खाएर कठोर व्रत पुर्ण गर्दछन् ।