Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

राजधानीमा गौरा पर्वको रौनक

Friday, August 23, 2019 National Power

आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् ।

आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आइ बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन् । पौराणिक कालमा सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको संस्कृति विद्हरुको भनाइ छ ।

देशका अन्य भागमा महिलाहरुले तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको छ । गौरा पर्वमा महिलाहरुले आफ्नो परम्परा अनुसार नाच गान भजन गर्ने चलन छ । यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि आज दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासीहरुले देउडा नाचेका छन् ।