काठमाण्डौ- लोकप्रिय गायिका अन्जना गुरुङले पहिलो पटक आफ्नो तिज गीतको कोसेली “तिजको लहर” को भर्खरै रेकर्डिङ्ग कार्य सम्पन्न गरेकी छिन् ।
अन्जनाले यसभन्दा अघि अन्य संग्रहका लागि दर्जनौं तिजको गीत अन्जनाले भने नगाएकि हैनन् तर आफ्नो संग्रहका लागि भने यो पहिलो हो, नेपाली संगीत आकाशमा सयौं लोकप्रिय गीतहरुबाट आफ्नो मखमली स्वर भरि सकेकी गायिका अन्जना भने आफ्नो यो नयाँ तिजको गीतबाट पनि उनि निकै उत्साहित भएकी छिन् आफ्नो तर्फबाट पनि तिजको कोसेली ल्याउन पाउँदा आफु खुसी भएको जानकारी हामीलाई गराईन ।
शब्द संगीत राजकुमार बगरको रहेको छ भने, यस गीतमा मोडलमा भने आफ्नै छोरी अपेक्षा सिंहले खेल्दै छिन् र म्युजिक भिडियो स्मृति तिमिल्सिनाको निर्देशनमा हुन गैरहेको यस तिजको भिडियो भने श्रावणको तेश्रो साता देखि बजारमा आउने जानकारी गायिका अन्जानाले गराईन ।