Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

तरकारी बजारमा लाग्यो डोजर

Friday, July 26, 2019 National Power

ललितपुर – ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलेको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको जानकारी दिए । ‘हामीले सात-आठ वर्ष पहिलेदेखि नै हटाउने प्रयास गर्दै आएका थियौं । उनीहरुलाई पसल छाड्न चेतावनी पनि दिएका थियौं र पछिल्लो समय तीन दिनको समय दिएर भत्कायौं,’ प्रजिअ जोशीले भने ।

ती पसलहरु करिब २० वर्ष अगाडिदेखि सञ्चालित थिए र, प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो । प्रजिअ जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नभएको, जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने गरेको र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो ।

त्यसविरुद्ध अख्तियारमासमेत उजुरीसमेत परेको थियो । तर, पसलवालाले उच्च अदालत पाटनमा उजुरीसमेत दिएका थिए । अदालतले रिट खारेज गरिदिएपछि प्रशासनलाई पसल हटाउन थप सहज भएको थियो ।