Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

चीनका थप ८ विमानस्थल नेपाली जहाजका लागि खुला

Friday, July 26, 2019 National Power

काठमाडौं – नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा डान थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

नेपाली जहाजले भने चीनका विभिन्न १५ गन्तब्यमा उडान गर्न सक्ने गरी गन्तब्य बढाइएको छ । यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान थियो । यसअघिका ७ विमानस्थललाई यथावत राखी अन्य ८ विमानस्थलमा भने नेपाली कम्पनीले रोजेको गन्तब्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ । द्धिपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको मन्त्रालयको भनाई छ । नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीनबाट अनुमतिको पर्खाइमा छन् ।