Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गोरखाको खोर्लाबेसीको ओडरमा लुकाइराखेको अवस्थामा अवैध सुन बरामद

Thursday, July 25, 2019 National Power

गोरखा — धार्चे गाउँपालिका–३ खोर्लाबेसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार खोर्लाबेसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन आज बिहान बरामद भएको हो । प्रहरी स्रोतले १६ किलो सुन बरामद भएको बताएपनि आधिकारिक रुपमा सुनको परिमाणबारे केही पनि बताएको छैन ।

२७ दिन देखि सम्पर्क विहिन बनेका यारुवगरका धनकमल गुरुङले उक्त स्थानमा सुन लुकाएर राखेको आशंका गरिएको छ। गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। ‘धनकमल पनि सँगै आएर सुन भएको स्थल देखाए,’ एक स्थानीयले भने, ‘अनि प्रहरीलाई पनि सजिलो भयो।’

तिब्बतबाट सुन ल्याएको लुटेराले सुइको पाएपछि धनकमल सुन लुकाएर सम्पर्कविहिन बनेका थिए। सुनसहित धनकमललाई प्रहरीले अहिले सदरमुकाम ल्याउँदै छ। धनकमल समातिएको एसपी ओम अधिकारीले पुष्टि गरे। ‘सुनको बारेमा अहिलै केहि भन्न सक्दिन। मान्छे आउँदै छन्, अनुसन्धान पछि मात्र यसबारे पुष्टि गर्छौं,’ अधिकारीले भने।