Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विश्वको पहिलो समाबेशी इन्करेजमेन्ट अवार्ड २०१९ हुदै

Sunday, July 21, 2019 National Power

नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्करेजमेन्ट अवार्ड २०१९ हुने भएको छ । आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सो अवार्ड हुन लागेको हो । कार्यक्रम निर्देशक समीर लामाले बताए अनुसार जापानवाट नेपाली भाषाको समचार,मनोरञ्जन साथै सामाजिक कार्यमा समेत काम गर्दै आएको मातृ सन्देश डट कम र क्लव ४० इन्टरनेशनलको संयूक्त आयोजनामा नेपालको विभिन्न क्षेत्रको प्रतिष्ठित व्यक्तिको उपस्थितिमा मनोरञ्जनसहित अवार्ड कार्यक्रम हुनेछ ।

जापानबाट पहिलो पटक रमाईलो टिभी एचडीबाट प्रत्यक्ष प्रशारण समेतको ब्यवस्था गरेको कार्यक्रममा उज्यालो नेपालको नायक तथा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जावानवासी नेपालीले अभिनन्दन कार्यक्रमसमेत रहेको छ ।

सो कार्यक्रममा पहिलो नेपाल आइडल बुद्ध लामा, चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराइ, चलचित्र कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रवीन्द्र खड़का , सदाबहार नायक धिरेन शाक्य, रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसी, रमाईलो टिभीका अध्यक्ष दयराम पाण्डे,चलचित्र पत्रकार संघको अध्यक्ष संदिप सापकोटा, सरोज खनाल, नायिका सुस्मा अधिकारी,लोक गायिका अन्जु गौतम,सेलो गायिका मिङमार लामा,तामाङ चलचित्रकी नायिका लक्ष्मी तामाङ्, नायक दीपक डोटेल, हास्य कलाकार गणेश राई, हर्के हल्दार टीमबाट सिवहरि नेपाल-झम्के, ईन्द्र बहादुर लामा-खब्वे, अस्मीता बस्नेत-थुम्की, राजेन्द्र गिरी-गुन्द्रेके, शिव कँडेल -नमस्ते कृष्णे लगाएत नेपालको पहिलो महिला रेस्लिङ खेलाडी भगवती खड्का अर्कि महिला रेस्लिङ खेलाडी जुरेली पनि सो अवार्ड कार्यक्रममा जापान आउने भएका छन् ।

उक्त दिन अवार्ड तथा म्यूज़िकल धमाका कार्यक्रमसहित उज्यालो नेपालको नायक तथा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ग़ैरआवासीय नेपाली संघ जापानको विशेष सपोर्टमा जापानवासी नेपालीको अभिनन्दन कार्यक्रमसमेत रहेको हुँदा जापानवासी नेपालीलाई कार्यक्रममा उपस्थिति र सहकार्यको लागी सम्पूर्ण नेपाली संघसंस्थालाई खुल्ला अपील गरेको छ ।

टोकियोमा हुन लागेको सो अवार्ड कार्यक्रमको जापानको आयोजक मातृ सन्देश डट कम का अध्यक्ष/प्रधान सम्पादक शान्त पहरी 080-3431-4388 र व्यवस्थापक हिमाल लामा
090-8045 -4719 लाई सम्पर्क गरी सहकार्यको लागी अनुरोध गरेको छ ।