Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’ सार्वजनिक

Wednesday, July 17, 2019 National Power

काठमाडौं- नेपाली महिलाहरुको महान चार्ड तीज । तीजमा तीज सम्बन्धि गीतहरु हरेक वर्ष सार्वजनिकक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यसै मेसोमा सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा‘’ सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको रेखाको ‘बरिलै तीजमा‘’ मा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ भिडियोमा । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बि।क।को एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ ।

विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।‘तीजमा मौलिक तीज गीत स्रोतारदर्शकमाझ हामीले पस्किएका छौ सबैले मन पराइदिनेमा आशावादी छौ’, गायिका तथा सङ्गीतकार रेखाले भनिन् ।