Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विषादी परीक्षणबाट पछि हटेर सरकारले लम्पसारवादी नीति लियो : कांग्रेस

Sunday, July 7, 2019 National Power

काठमाडौं – नेपाली कांग्रेसले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको आरोप लगाएको छ । भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा सीमा नाकामै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँटा टेकेको बताएको हो ।

आइतबार संसद बैठकको सुरुमै बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ‘सरकारले घुँडा टेकेको छ, सरकारले लम्परासवादी नीति लिएको छ । यो लम्पसारले आम नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको छ ।’

सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको उनले बताए । ‘पहिले किन रोक्नुभयो, पछि किन घुँडा टेकेर खोल्नुभयो ?’